मेलबर्न । विदेशमा रहेर नेपाली गीत संगीतमा नयाँ आयाम थप्ने उद्देश्यले स्थापना भएको चिल्ली अष्ट्रेलिया समूहले नयाँ कभर गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । यस समूहले लोकप्रिय गायक उदित नारायण झाले गाउनुभएको ‘माया नै माया’ बोलको गीतको कभर भिडियो निर्माण गरेको हो ।

हेमन्त घिसिङ्गको स्वर रहेको यस कभर गीतको छायांकन मेलबर्नमा गरिएको हो । विश्व गौडेल, हेमन्त तामाङ्ग, ज्ञानेन्द्र थेबे, मेहंदो शेर्पा, आकाश तामाङ्ग, मनोज बिडारी, तेञ्जिङ्ग ल्हामुले अभिनय गरेको यस गीतको म्युजिक भिडियोलाई जीवन रसाईलीले निर्देशन गरेका छन् ।

जीवन रसाइलीले विदेशमा रहेर पनि विगत १७ वर्ष देखी कलाकारिता क्षेत्रमा आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन् । सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका उनी कुशल निर्देशकको रुपमा सुपरिचित छन् ।

चिल्ली अष्ट्रेलिया समूहले यस म्युजिक भिडियोमा आउने दर्शकहरुको प्रतिक्रियालाई मनन गर्दै आगामी दिनमा पनि आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिने बताएको छ ।

Comments

comments