मेलबर्न । अष्ट्रेलियामा बस्ने नेपालीहरुलाई नेपाली पर्व तीजले अत्यधिक छुने गर्छ। तीजको वरिपरि रहेर विभिन्न कार्यक्रमहरु आयोजना गरिनुका साथै सांस्कृतिक सम्बर्द्धन तथा प्रबर्द्धनमा का लागि पनि यहाँ बसोवास गर्ने नेपाली समुदाय अग्रसर हुने गर्दछ । सभ्य, भव्य र व्यवस्थित रुपमा तीज मनाउनको लागि विभिन्न आयोजक संस्थाहरुले कार्यक्रमहरुको तयारि सुरु गरिसकेका छन् ।

विगतका वर्षहरुमा कार्यक्रमहरुको आयोजना गरेर भव्य रुपमा सफल बनाउंदै आएको नेप्को इन्टरटेनमेन्टले तीज कार्यक्रमको तयारि गरेर त्यसको घोषणा समेत गरिसकेको छ । नेप्को इन्टरटेनमेन्टले आयोजना गर्ने तीज मेला २०७५ मा लोकप्रिय कलाकारहरु पशुपति शर्मा, मन्जु पौडेल, देवी घर्ति मगर, सन्तु थापा लगायत कलाकारहरुको प्रस्तुति रहनेछ ।

कार्यक्रमको बारेमा बताउंदै नेप्को इन्टरटेनमेन्टका विराज थापाले भन्नुभयो, ‘ नेपाली पहिचान तथा संस्कृतिको प्रबर्द्धन तथा सम्बर्द्धन र संगै यहाँ रहेका नेपालीहरुलाई नेपालमा बसेर आफ्नो पर्व तीज मनाउने तिर्सना केही हदसम्म भएपनि मेटाउनको लागि कार्यक्रमको आयोजना गरिएको हो । विगतका वर्षहरुमा जस्तै यसपाली पनि यहाँ बसोवास गरिरहनुभएका सम्पूर्ण नेपालीले हामीलाई साथ दिनुहुनेछ भन्नेमा हामी आशावादी छौं ‘ ।

फ्री फोटोसुट समेत रहेको तीज मेला आगामी अगस्ट ११ मा Brunswick West को 43 Melville Rd स्थित Estonian House मा हुनेछ । कार्यक्रमलाई ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजन गरेको छ।

Image may contain: 10 people, people smiling, text

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments