काठमाडौं । सर्वोच्च अदालतले बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई होटल मल्लमा बेल्लिज क्यासिनो सञ्चालन गर्न अनुमति दिएसँगै उनले अवैध रुपमा ४० करोड रकम भित्र्याएको खुलेको छ । श्रेष्ठले एफडीआई नगरी श्रीलंकाबाट हुण्डीमार्फत उक्त रकम भित्र्याएर क्यासिनो सञ्चालन गर्दै आएका छन् ।

पहिले भेन्टेज नेपालको नाममा रहेको उक्त क्यासिनोमा अहिले बेल्लिज प्रालि बनाई ७५ प्रतिशत श्रीलंकाली नागरिक अनुराधा परेरा, २१ प्रतिशत श्रेष्ठ र ४ प्रतिशत जीवन चन्द सेयर राखिएको छ । श्रीलंकाली नागरिकको नाममा सेयर राखिए पनि एफडिआई नगरी रकम आएको हुँदा क्यासिनोको लगानी नै अवैध देखिएको हो ।

सबैभन्दा अचम्म लाग्दो कुरा त के छ भने ज्यान मार्ने उद्योगमा दर्जनौं मुद्दा रहेका श्रेष्ठलाई प्रहरीले असल चालचलन भएको रिपोर्ट दिएर क्यासिनोमा लगानी गर्न छुट दिएको छ । केही समय अघि महानगरीय प्रहरी परिसरले काठमाडौंले असल चालचलन भएको रिपोर्टको लागि सिफारिस गरेका श्रेष्ठ बेबिलोन डिस्कोका राकेश लिम्बुदेखि रानीबारीमा इञ्जिनियर दम्पतीमाथि आक्रमण गरेर ज्यान मार्ने उद्योगमा मुद्दा खेपेका व्यक्ति हुन् । काठमाडौं परिसरका प्रमुख विश्वराज पोखरेलले श्रेष्ठलाई प्रहरी रिपोर्ट दिएपछि उनले केही समयअघि अदालतबाट मुद्दा समेत मिलाइसकेका छन् ।

श्रेष्ठले सर्वोच्च अदालतमै सेटिङ मिलाएर बेल्लिज क्यासिनो सञ्चालन गर्ने अन्तरिम आदेश ल्याएर क्यासिनो सञ्चालन गर्दै आएका छन् । जबकी उक्त क्यासिनोले सरकारलाई करोडौं रकम बक्यौता तिर्न बाँकी छ । सर्वोच्च अदालतले २०७४ पुस २३ गते होटल मल्लमा क्यासिनो सञ्चालन गर्न अन्तरिम आदेश दिएको थियो । क्यासिनो नियमावली २०७० अनुसार प्रक्रिया पूरा नगरी बेल्लिजलाई क्यासिनो सञ्चालन गर्ने अन्तरिम आदेश हालका कामु प्रधानन्यायाधीश( तत्कालीन न्यायाधीश) दीपकराज जोशीको एकल इजलासले दिएको थियो ।

क्यासिनोले सम्झौताअनुसार मल्ल होटललाई बक्यौता रकम नतिरेको उल्लेख गर्दै पर्यटन विभागले क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको थियो । तर, त्यसविरुद्ध बेल्लिज प्रालिमार्पmत श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा हालेर सेटिङ मिलाई राज्यलाई करोडौं कर छली क्यासिनो सञ्चालन गर्दै आइरहेका छन् ।

बेल्लिजले होटललाई बुझाउनुपर्ने बक्यौता नतिरे पनि अदालतले क्यासिनो सञ्चालन गर्न अन्तरिम आदेश दिएको थियो । बेल्लिजमा श्रेष्ठले रसियन डान्सरहरुलाई ल्याएर नचाउँदै आएका छन् । उक्त नाच हेर्न सर्वोच्च अदालतका न्यायाधीस, ठूला व्यापारी देखि प्रहरीका उच्च हाकीम समेत पुग्ने गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments