एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिडले बायर्न म्युनिखलाई पराजित गरेको छ। रियल मड्रिडले यो जित संगै फाइनल पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।

खेलको २८ औं मिनेटमा नै जोसुवा किम्मिचले गोल गर्दै घरेलु टिम बायर्न म्युनिखलाई अग्रता दिलाएका थिए । तर , टिमले उक्त अग्रतालाई जोगाइराख्न सकेन ।

मार्सेलो र मार्को असेन्सियोले गोल गरेपछि रियल मड्रिडले अग्रता लियो । ७१ औं मिनेटमा रोनाल्डोले गोल गरे पनि रेफ्रीले ह्यान्ड बलको इसारा गरेपछि रियलले अग्रता बढाउने मौका गुमाएको थियो ।

धेरैजसो समय बल नियन्त्रणमा लिए पनि बायर्नले गोल थप्न नसक्दा खेल हार्नुपर्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments