एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को दिल्ली डेयर डेभिल्सका कप्तान गौतम गम्भीरले जिम्मेवारीबाट राजिनामा दिएका छन् । जारी आईपिएल क्रिकेट प्रतियोगितामा ६ खेलमा पराजय भोगेपछि गम्भीरले हारको जिम्मेवारी लिँदै राजिनामा दिएका हुन् ।

लिगचरणका १४ खेल मध्ये दिल्लीले अहिलेसम्म खेलेका ७ खेलमा ६ मा हार र एक खेलमा जित हात पारेको छ । दिल्ली अंक तालिकाको पुछारमा छ ।

गम्भीरले राजिनामा दिएपछि उनको ठाउँमा युवा ब्याट्सम्यान श्रेयस अय्यरले नयाँ कप्तानको जिम्मेवारी पाएका छन् । अय्यर जारी आईपिएलमा राम्रो फर्ममा रहेका खेलाडी हुन् ।

नेपाली युवा स्पिनर सन्दिप लामिछाने समेत अनुबन्धित रहेको यस टिमले उनलाई हालसम्म मैदानमा उतारेको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments