काठमाडौं । नेपाली कला क्षेत्रमा अभिनेता खगेन्द्र लामिछानेले आफ्नो छुट्टै पहिचान बनाएका छन् । ‘टलकजंग भर्सेज टुल्के’,’ पशुपतिप्रसाद’, ‘धनपति’ लगायत चलचित्र खेलेका उनले नेपाली दर्शकहरुलाई फरकधार र मौलिकपन मिसिएका चलचित्रहरु पस्किएका छन्।

यिनै खगेन्द्र लामिछानेको लेखन तथा अभिनय रहेको चलचित्र डमरुको डण्डीबियो चांडै नै नेपाली दर्शकहरुमाझ आउंदैछ । यस फिल्मको चर्चा हुनथालेपछि दर्शकहरुले उनलाई नेपाली आमिर खान समेत भन्न थालेका छन् । खगेन्द्र लामिछानेले यसको प्रतिक्रिया दिंदै भनेका छन् , ” मलाई दर्शकहरुले माया गरेर राम्रो काम गर्ने व्यक्तिसंग नाम जोडिदिदा खुशी लाग्छ । तर म, आफूलाई कोही अरु व्यक्तिसंग दाँजेर हेर्नुभन्दा, आफूलाई खगेन्द्र लामिछाने हूँ भन्न मन पराउंछु’।

डमरुको डण्डीबियोको प्रदर्शन मिती नजिकिंदै गर्दा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले डण्डीबियोको महत्व, यो फिल्म बनाउनुको कारण, र फिल्म बनाउने क्रमका कुराहरुको बारेमा चर्चा गरेका छन् । हालसम्म डेढ करोड खर्च भएको भनिएको उक्त फिल्म घाटामा नजाने कुरामा विश्वस्त रहेको समेत उनले बताएका छन् ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानारमा विनोद गुरुङको साथमा नोर्बु छिरिङ घलेको निर्माण रहेको फिल्ममा खगेन्द्र र अनुपका साथमा बुद्धि तामाङ, मेनुका प्रधान, लक्ष्मी बर्देवालगायतले अभिनय गरेका छन्।
पत्रकार सम्मेलनको पूरा भिडियो :

Comments

comments