काठमाडाै‌ । कक्षा ६ मा पढ्दा १४ वर्षमै प्रेमविवाह गरेकी तल्कोट गाउँपालिका ५, बझाङकी पुनमकुमारी सिंहले २० वर्षमै श्रीमान्सँग सम्बन्धविच्छेद होला भनेर कल्पनासमेत गरेकी थिइनन्।

तर उनले जे सोचेकी थिइनन्, त्यहि भइदियो। छिट्टै श्रीमान्सँगको प्रेम विछोडमा परिणत भयो। कक्षा ६ मा पढ्दै गर्दा पुनमको पल्लो गाउँका कक्षा ७ मा पढ्ने १५ वर्षीय गगन सिंहसँग प्रेम भएपछि दुबैको मञ्जुरीमा परिवारले उनीहरुको बिहे गरिदिएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

पुनमकुमारीका श्रीमानले गत वर्ष दोश्रो विवाह गरेपछि उनी अहिले माइतीमै बसेकी छन्। पुनम मात्र होइन, धमेनाकी २२ वर्षीया सुशिला धामी, खप्तड छान्ना गाउँपालिकाकी सञ्जु गिरी, लक्ष्मी खत्री, सुर्माकी गुममती बोहोरा, छविस पाथीभेराकी कौशिला उपाध्यापको पनि पीडा उस्तै छ।

श्रीमानले दोश्रो विवाह गरेपछि उनीहरु घरमा बसेका छैनन्। उनीहरु श्रीमान्सँग अंशवन्डा, मानाचामलका मुद्दा खेप्दैछन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments