चितवन । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाख १४ गतेभित्र पार्टी एकीकरणको नयाँ मिति घोषणा गरिने बताउनुभएको छ ।

बैशाख १४ भित्र सबै समझदारी भएर पार्टी एकीकरणको मिति घोषणा गरिने दाहालले बताउनुभएको हो । मंगलबार दिउँसो भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले पार्टी एकीरणमा कुनै जटिलता नभएको भन्दै दुई अध्यक्षको व्यस्तताले गर्दा एकिकरणमा ढिलाई भएको स्पष्ट पार्नुभयो ।

अर्को प्रसंगमा अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा सन्तुलन ल्याउन मद्दत पुग्ने बताउनुभयो । मोदीको भ्रमणको क्रममा जनकपुर र मुक्तिनाथ पनि जाने भएकाले दुई देशबीचको सम्बन्ध झन् सुधार हुँदै जाने दाहालको भनाइ थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments