काठमाडौं । नेपाली राष्ट्रिय झण्डा विश्वमै विशेष मानिन्छ । यसको आकार नै यसको मूख्य विशेषता हो । त्यसमाथि यसमा प्रयोग गरेका रंग र चिन्हक आफ्नै विशेषता छन् ।

शंकरनाथ रिमालले नेपाली झण्डाको आविष्कार गरेका हुन् । रिमालका अनुसार यस झण्डाको मूख्य अर्थ ‘अनन्त’ हो । झण्डाको आकार बनाइसकेपछि उन्नतिको अर्थ लाग्ने गरि सूर्य राखियो । सूर्यमा राखिएका कोणहरु शक्ती, ऊर्जा जस्ता अरु गुण तथा बाह्र महिनामा देखिने सूर्यका विशेषताहरु हुन् ।

सूर्य पछि रिमालले चन्द्रमालाई झण्डामा राखे । चन्द्रमालाई उनले प्रकृति र चंचलताको रुपमा लिइएको बताएका छन् ।

त्यस्तै, झण्डामा प्रयोग भएका रंग नेपाली समाजमा धेरैजसो प्रयोग हुने र शुभ संकेत तथा ऊर्जाको रुपमा लिइने भएकोले रातो रंग र शान्त तथा अनन्त आकाशको प्रतिकको रुपमा निलो रंगलाई लिइयो । यस भिडियोमा उनले झण्डा डिजाइन गर्दाका क्षण र झण्डाको महत्वका बारेमा विस्तृत कुराकानी गरेका छन् ।

Please follow and like us:

Comments