नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सर्वपक्षीय राजनीतिक सभाको नाममा आफूहरुमाथि षडयन्त्र भएको बताउनुभएको छ ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै वैद्यले आफूहरुले बहिष्कार गरेको संविधानसभामा डोराएर लैजाने षडयन्त्र भएकाले आफुहरुले सर्वपक्षीय राजनितिक सभा बहिष्कार गरेको स्पष्ट पार्नुभयो । अध्यक्ष वैद्यले सत्तापक्षले नै अन्तिम अवस्थामा आएर सहमति भाँडेको आरोप लगाउनुभयो  ।

शान्ति प्रक्रिया र संविधान लेखन कार्यका लागि गम्भीर हुनुपर्ने बेला सत्तापक्षले नै सहमति नचाहेको बताउनुभयो ।

Comments