काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई जथाभावी नबोल्ने चेतावनी दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले आफूले विकासको कुरा गर्दा केही बुद्धिजीविहरुले ‘महेन्द्रपथ’ भन्ने गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । सोमबार नयाँ शक्ति पार्टी, नेपालका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै उहाँले आफ्नो भारत भ्रमणलाई ‘लम्पसारवाद’ को संज्ञा दिएर काँग्रेस सभापति देउवाले लज्जास्पद टिप्पणी गरेको आरोप समेत लगाउनु भयो ।

उहाँले देउवाले जे पायो त्यहीँ टिप्पणी गर्ने गरेको भन्दै आपत्ति जनाउनु भयो । प्रधानमन्त्री ओलीले मुलुकलाई नोक्सान पु¥याउने गरी लेख रचना तयार पार्ने काम नगर्न ‘बुद्धिजीवि’हरुलाई पनि सचेत गराउनु भयो । केही ‘बुद्धिजीवि’हरुले मुसाले कोट काटे जसरी राष्ट्रलाई नोक्सान पु¥याउने खालका काम गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ । उहाँले रारा ताललाई ‘महेन्द्र ताल’ भन्ने बुद्धिजीविहरुले देशलाई नोक्सान पर्ने भन्दै सचेत गराउनु भयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा एकता हुन नदिन विभिन्न षडयन्त्र भईरहेको पनि बताउनु भयो । उहाँले मुलुकमा सामाजिक सदभाव विथोल्ने गरी भएका सबै प्रयासहरुलाई सफल हुन नदिने दृढता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन लगानी जुटाउने काममा सरकार केन्द्रित भएको पनि बताउनु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments