काठमाडौं । अमेरिकाको टेलेशी राज्यको नैशविले शहरको बाहिरी ईलाकामा एकजना नाङ्गो बन्दुकधारीले एउटा रेस्टुरेन्टमा अन्दाधुन्द गोलि चलाएका छन् ।

स्थानीय समय अनुसार बिहान तीन बजेर २५ मिनेट जाँदा उक्त आक्रमणकारी नैशविलेको दक्षिण–पूर्वी उप–नगर एनिटोचको वैफले हाउसमा पसि सेमी–अटोमेटीक राईफलबाट गोलि चलाउन सुरु गरेका थिए । उक्त घटनामा दुई जना घाईते भएका छन् , जस मध्ये एकले आक्रमणकारीबाट राईफल खोसेका थिए ।

प्रहरी प्रवक्ता डन एरोनका अनुसार आक्रमणकारी २९ बर्षिय ट्रेविश रेनकिंग रहेको र उनको खोजि भईरहेको छ । उनी गत बर्ष पनि व्हाईट हाउसको नजिक निषेधित ठाँउमा पसे वापत पक्राउ परेका थिए । आक्रमणकारी पिकअप ट्रकबाट रेष्टूरेन्ट बाहिर पुगि दुई जनालाई गोलि हानेपछि रेष्टूरेन्ट भित्रपसि अन्दाधुन्द गोलि चलाएका थिए , उक्त घटनामा तीनजनाको घटना स्थलमै मृत्यु भएको र एकको अस्पतालमा मृत्यु भएको बताईएको छ । प्रहरीका अनुसार आक्रमणकारी नाङ्गै भएको र उस्ले हरीयो ज्याकेट मात्र लगाएका थिए ।

उनी भाग्न सफल भएको तर उनको ज्याकेट त्यहि झरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments