काठमाडौं । प्रेम-सम्बन्धमा आएको बिछोडलाई समेटिएको ‘तिमी जाँदै छौ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । फिल्म लेखनको क्षेत्रमा लागेका बहुप्रतिभाशाली व्यक्ति सुशील पंगेनीको उक्त गीत म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा सुशील पंगेनीको शब्द, संगीत तथा स्वर रहेको छ। गीतलाई कथानक रुप दिएर तयार गरिएको सुन्दर भिडियोमा रन्जन रिजाल र उषा खनालले अभिनय गरेका छन् । यस म्युजिक भिडियोलाई शिव वि.कले निर्देशन गरेका हुन् ।

लामो समयदेखि फिल्म लेखनमा लागेका पंगेनीले केही वर्ष अगाडी नै गीत लेखेको तथा व्यस्तताका कारण निर्माण गर्न नसकेको बताए । फिल्म लेखन संगै अब संगीत क्षेत्रलाई समेत निरन्तरता दिने उनको योजना रहेको छ ।
हेर्नुहोस् म्युजिक भिडियो :

Comments

comments