झापा । केन्द्रमा नेकपा एमाले र माोवादी केन्द्र एकता घोषणामा ढिलाई भइरहेकाे बेला मेचीनगरपालिकाकाे एउटा वडाले भने एकताको घोषणा गरेको छ । मेचीनगरपालिकाको १० नम्बर वडामा  एमाले र माओवादी केन्द्रले आइतबार एकता भएको घोषणा गरिएकाे हाे ।

एमाले र माओवादी केन्द्रले ७७ सदस्यीय संयुक्त कमिटी बनाएका छन् । कमिटीको अध्यक्ष एमालेका प्रकाश खड्का भएका छन् । माओवादी केन्द्रका साङ्गे शेर्पाले सचिवको जिम्मेवारी पाएका छन् । कमिटीमा एमालेबाट ५१ र माओवादी केन्द्रबाट २६ जनालाई राखिएको छ ।

एमाले र माओवादी केन्द्रले एकता घोषण गर्नुअघि र्यालीसहित नगरपरिक्रममा गरेका थिए । र्यालीपछि सभा आयोजना गरी दुई पार्टी एक भएको घोषणा गरिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments