काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी स्थानपना दिवसकाे अवसरमा राष्ट्रिय सभागृहमा एमाले र माअाेवादीकाे संयुक्त कार्यक्रममा तनाब भएकाे छ । ब्यानरमा लेनिन र माअाेत्सेतुङकाे फाेटाे नराखेकाे भन्दै नेता कार्यकर्ताले बिराेध जनाएपछि कार्यक्रम नै शुरू नहुँदै तनाव भएकाे हाे ।

लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर नराखिएकाे भन्दै नेता कार्यकर्ताले चर्काे बिराेध गरेपछि संयुक्त कार्यक्रममा लफडा भएकाे हाे । कार्यक्रमकाे ब्यानरमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको तस्वीरसँगै दायाँबायाँ तल्लाे किनार साइडमा एमाले अध्यक्ष केपी ओली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे ठूला तस्वीर राखिएकाे थियाे । अहिले ब्यानर हटाइएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments