मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा मदन-आश्रित स्मृति दिवस तथा गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान जीवनदान भन्ने मूल नाराका साथ हुन गइरहेको कार्यक्रमलाई प्रवासी नेपाली मंच भिक्टोरियाले आयोजना गरेको हो।

कार्यक्रमको बारेमा बताउंदै संयोजक उत्तम अधिकारिले भन्नुभयो, ” रक्तदानलाई जीवनदान भनिन्छ। प्रवासमा रहेर पनि नेपाली गणतन्त्र दिवसको अवसरमा कसैको जीवन रक्षाको लागि सहयोग गर्न पाउनु आफैमा गौरवपूर्ण कुरा हो । त्यसैले कार्यक्रममा आउन सम्भव हुने सबैजनाले सहभागिता जनाउनुहुनेछ भन्ने आशा लिएका छौं ” ।

कार्यक्रम आगामी मे १९ तारिखका दिन दिउसो १ बजे देखि ४ बजेसम्म हुनेछ। कार्यक्रममा सहभागिता जनाउन चाहनेले आफ्नो नाम, ठेगाना, फोन नं. र ईमेल ठेगाना ०४३२४८०८४१ मा सम्पर्क गरेर उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments