– अनुप राज अर्याल

जीवन जीउने चक्करमा धेरै दु:ख अनि धेरै सुखको बाटो पार गर्ने म एक्लै पक्कै होइन होला। समय र परिस्थितिलाई राम्ररी केलाउन नजानेर गल्ती गर्ने अथवा अरुको बहकाउमा आफ्नो जीवन अरुको हत्केलामा छोड्ने गल्ती यहाँ जसले पनि गरेको हुन्छ । आफूलाई चाहिने ज्ञान नबुझेर यहाँ जो कोही पनि पछि परेको हुन्छ । आफ्नो जीवन जीउने बाहनामा अरुलाई पीडा दिएको मन नपर्ने पनि म मात्र होइन होला ।

हामी सधैं समयलाइ दोष दिने गर्छौं । तर, समय अनुसार कर्म गर्न चुक्छौँ । हामी अरुको सिको गरेर जिउने प्रयास गर्छौ। तर जीवन हरेक मान्छेको फरक हुन्छ, सोच्ने तरिका पनि फरक हुन्छ, गर्ने कर्म पनि फरक हुन्छ, अनि हरेक मान्छेले समाजलाई हेर्ने र समाजप्रति गर्ने व्यवहार पनि फरक हुन्छ ।

बलेको आगो मात्र ताप्ने हाम्रो समाज अनि कुराको चुरो बुझ्दै नबुझी निर्णय लिनेको संख्या धेरै देख्दा दु:ख नलागेको पनि होइन। अरुको राम्रो कुरा नदेखी बाहिरी आवरणबाट मान्छेको अवलोकन गर्ने धेरै दुखी आत्माहरु देख्दा दया पनि नलागेको हैन। तर, जब आफूभित्र दु:ख हुन्छ, तब संसार खल्लो लाग्ने बुझेपछि मैले यी कुराहरुमा अल्झिनुभन्दा आफूलाई खुशी राख्नेछु भनेर आफैसङ्ग वाचा गरें।

मैले जीवन धेरै त बुझेको छैन तर मेरो आशय हरेक राम्रो मान्छेको भलो होस् र अरुको कुभलो सोच्ने र गलत आचारणका मानिसहरु सुध्रिउन् भन्ने हो । तिनीहरुको राम्रोपनि होस् तर म त्यस्ता मानिसहरुसङ्ग संगत गर्न त्यति मन पराउँदिन । सायद आफूले आफूलाई धेरै माया गर्न सिकेको भएर होला ,गलत चिजहरु र गलत मान्छेहरुबाट टाढा बस्न थालेको छु आजकल ।

हो, आजकल चेतनशिल मानव भएर जिउन थालेको छु । म आफूलाई माया गर्छु, अनि आफ्नो इज्जत गर्छु । त्यसैले नराम्रो सोंच, कुकर्म गर्ने , अरुको गलत उपयोग गर्ने सबैबाट टाढा बस्न थालेको छु । समाजले अन्यथा नलियोस, किनकी म आफ्नो माया गर्छु अनि सत्कर्ममा विश्वास गर्छु । रत्नाकार डाकु त सत्कर्ममा लागेर वाल्मीकि हुन सक्नु भयो भने म त केवल एउटा असल मानव बन्ने प्रयास गर्न गरेको छु ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments