मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यवासीकालागि खुशीको खबर छ । स्वप्न राज्यका रुपमा परिचित भिक्टोरिया सरकारले प्रत्येक वासिन्दाकालागि ५० डलर उपलब्ध गराउने नीति ल्याएको छ ।

द सन्डे हेराल्डका अनुसार राज्य सरकारको नयाँ वेवसाइट भिजिट गर्ने प्रत्येक घरपरिवारले ५० डलर प्राप्त गर्नसक्नेछन् । विद्युत र ग्याँस प्रवाह सेवालाई प्रभावकारी बनाउने उदेश्यले सरकारले नयाँ वेवसाइट सञ्चालनमा ल्याएको हो । जसमा यससम्बन्धी आवश्यक जानकारीहरु समेटिएका छन् ।

यो वेभसाइट भिजिट गरेर रजिष्ट्रार गर्ने प्रत्येक ग्राहकको बैंक खातामा तुरुन्त ५० डलर जम्मा हुने व्यवस्था मिलाइएको प्रिमियर ड्यानियल एन्ड्रीउजले खुलासा गरेका हुन् ।

वेवसाइटमा घरायसी ग्राहकहरुकालागि उपर्युक्त विद्युतीय महसुल,विद्युत र ग्याँसको खपत कसरी कम गर्ने भन्नेबारे जानकारी समावेश छ । यसको पूर्ण पालना गरे एउटा परिवारले वर्षमा कम्तीमा ३३० डलर वचत गर्न सकिने एण्ड्रीउको दाबी छ । भिक्टोरियामा बढ्दै गएको जनघनत्वको कारण विद्युत र ग्याँसको माग बढ्दै गएपछि राज्य सरकारले यस्तो किफायती योजना अघि सारेको हो ।

Comments

comments