काठमाडौं । खानाका पारखीहरुको लागि चिकेन बिरयानी एक स्वादिलो परिकार हो । धेरै सामग्री राखिएको र पकाउन निकै मेहनत जस्तो लाग्ने देखिएतापनि सजिलोसंगै घरमा मीठो बिरयानी बनाउन सकिन्छ ।

सामग्री :

चिकेन, फ्राई गरिएको प्याज, पुदिना , धनियाँ , दही , ल्वाङ्ग, सुकमेल, तेजपत्ता लगायत वासनादार मसला , तेल , कागतीको रस , अदुवा-लसुनको पेस्ट , हरियो खुर्सानी, जीरा, गरम मसला, खुर्सानीको धूलो, नुन , चामल

बनाउने विधि :

चिकेनलाई एउटा भाँडोमा राखेर त्यसमा वासनादार मसला, अलिकति धनियाँ र पुदिना, फ्राई गरिएको प्याज, अदुवा-लसुनको पेस्ट, तेल, दही.कागतीको रस, हरियो खुर्सानी नुन गरम मसला राख्ने र चलाउने ।

सबै मसला राखेर चलाएको चिकनलाई दुई घण्टासम्म यत्तिकै रहन दिने।

त्यसपछि एउटा भाँडोमा पानी बस्लाने र पानीमा जिरा र नुन राखेर उमाल्ने ।

उम्लिएको पानीमा आधा घण्टादेखि भिजाएर राखेको चामल राखिदिने।

चामललाई पूरै पाक्ने गरि नपकाउने, आधा मात्र पकाउने।

त्यसपछि मासुलाई प्यानमा राख्ने र त्यसमाथि पूरै नपाकेको चामल राखेर पकाउने ।

हेर्नुहोस् भिडियो :   

Comments

comments