एजेन्सी । बच्चालाई नुहाइदिदै गरेको भिडियो अपलोड गर्ने घरेलु कामदारलाई जेल सजाय तोकिएको छ। उनलाई तीन महिनाको जेल सजाय तोकिएको हो ।

इन्डोनेसियाकी २८ वर्षिया युनी हङकङमा घरेलु कामदारको रुपमा काम गर्थीन् । एकदिन उनको फेसबुक पेजमा बच्चालाई नुहाइदिदै गरेको भिडियो देखियो । उक्त लाइभ भिडियो एक दिनमै धेरै जनाले हेरिसकेका थिए।

भिडियो भाइरल हुँदै गएपछि त्यो घरकी छिमेकीले पनि भिडियो देखिन् र युनीका मालिक अर्थात ती बच्चाका बुवा-आमालाई खबर गरिदिइन् । त्यसपछि उनीहरुले पुलिस समक्ष आफूहरुलाई नसोधी भिडियो राखेको र बच्चाहरुको संवेदनशील अंगहरुको प्रदर्शन भएको, उनीहरुको व्यक्तिगत कुराहरु सार्वजनिक गरिएको भन्दै कारबाहीको माग गरेका थिए।

युनीले उक्त भिडियो बच्चाले नै खिचेको बताएकी छिन् र त्यो भिडियो आफ्नो पेजमा राखिरहेकोमा आफूलाई पछुतो लागेको बताएकी छिन् । उनले हेरचाह गर्नुपर्ने तीन बालबालिका थिए । उक्त भिडियोमा दुई बच्चा देखिएका छन् भने एक बच्चा देखिएका छैनन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments