काठमाडौं । पछिल्लो समयमा हाम्रो समाजमा आत्महत्याका घटनाहरु बढिरहेका छन् । आत्महत्या बढ्नुको एउटा कारण प्रेम सम्बन्ध वा वैवाहिक सम्बन्ध पनि हो । प्रेम-सम्बन्ध वा वैवाहिक सम्बन्धमा गलत व्यक्तिसंग सम्बन्ध गाँस्दा त्यो सम्बन्धले तनावको स्थिति सिर्जना गर्छ र व्यक्ति आत्महत्याको मोडसम्म पुग्न सक्छ ।

जो व्यक्ति साँघुरो सोंचको छ, सानो-सानो कुरामा पनि शंका गर्छ र तपाईंलाई आफ्नो नियन्त्रणमा राख्न खोज्छ, त्यस्तो व्यक्तिसंगको सम्बन्धमा आफ्नो दिमाग लगाएर निर्णय गर्नुहोस् । सम्बन्ध टुटेर केही हुँदैन, तपाईंको जीवन राम्रो बन्नुपर्छ ।

जसले वाचा गर्छ, तर वाचालाई कहिल्यै पूरा गर्दैन भने त्यस्तो व्यक्तिसंगको सम्बन्धको बारेमा पूनर्विचार गर्नुहोस् । यदि त्यो व्यक्तिको प्राथमिकताहरुमा तपाईं पर्नुहुन्न र उसले तपाईंलाई विकल्पको रुपमा लिइरहेको थाहा पाउनुहुन्छ भने, सम्बन्ध टुंगाउनुहोस् ।

उसले जतिबेला पनि तपाईंको गल्ती र कमजोरीलाई मात्र औंल्याउँछ भने, त्यो सम्बन्ध तपाईंको लागि ठीक छैन । झगडालाई टुंगाउनुको साटो त्यसमै बारम्बार निहु खोजिरहने व्यक्तिसंग तपाईं खुशी रहनसक्नुहुन्न । जुन व्यक्तिले आफ्नो र तपाईंको परिवारलाई महत्व दिन्न, त्यो व्यक्तिलाई तपाईंलाई पनि उचित सम्मान दिन सक्दैन ।

जो व्यक्ति तपाईंसंग आकर्षित मात्र छ, अरु कुराहरु एक-आपसमा बाँड्न, केही कुराको सल्लाह गर्न खोज्दैन भने तपाईं ऊसंग रहन आवश्यक छैन । जब त्यो व्यक्तिले आफ्ना भविश्यका योजनाहरु बताउँछ, तर ती योजनामा तपाईंले आफूलाई पाउनुहुन्न भने, ऊसंगको तपाईंको भविष्य अन्योलमा छ ।

उसले तपाईंको आत्मसामनको बेवास्ता गर्छ, तपाईंलाई उसको कारण चोट पुगेको कुरा बुझ्दैन र भावनात्मक रुपमा ‘ब्ल्याकमेल’ गर्छ भने त्यो सम्बन्धमा नबस्नु उत्तम हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments