मेलबर्न । उच्च शिक्षाकालागि अष्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । अष्ट्रेलिया सरकारले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्ष नेपाली विद्यार्थी ५७ प्रतिशतले बढेका छन् ।

अष्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागका अनुसार अहिले २९ हजार २ सय ६१ नेपाली विद्यार्थी छन् । गत वर्ष १८ हजार ५ सय ९२ जना थिए । अष्ट्रेलिया सरकारले भिसा प्रक्रिया व्यवस्थित बनाएकाले नेपालीको आकर्षण बढेको विज्ञहरु बताउँछन् । अहिले १९ हजार ६६ जना उच्च शिक्षा अध्ययनरत छन्,जुन गत वर्ष १३ हजार ४ सय ५१ थियो ।

त्यसैगरी गत वर्ष ३ हजार ५ सयले भोकेसनल कोर्स गरिरहेकामा यस वर्ष यो संख्या ८ हजार ५ सय ७३ पुगेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments