मेलबर्न । अष्ट्रेलियामा पढ्न आउने विदेशीहरुको संख्या हरेक वर्ष बढिरहेको छ । भर्खरै सार्वजनिक भएको एक डाटाले पनि सो कुरा प्रमाणित गरेको छ।

सरकारले सार्वजनिक गरेको उक्त डाटा अनुसार, २०१८ मा हालसम्म ५ लाख ९ हजार भन्दा धेरै विद्यार्थीहरु अष्ट्रेलियामा भित्रिएका छन् । गत वर्ष यसै समयमा निकालिएको डाटामा आएको संख्याभन्दा यो १२ प्रतिशतले बढी हो ।

गत वर्ष जस्तै यस वर्ष पनि चीनबाट सबैभन्दा धेरै विद्यार्थी आएका छन् । २०१८ मा आएका सबै विद्यार्थी मध्ये चीनबाट आउने ३१ प्रतिशत छन् । त्यस्तै, भारतबाट १२ प्रतिशत र नेपालबाट ५ प्रतिशत रहेका छन् ।

भर्ना भएका विद्यार्थीमा अघिल्लो वर्षभन्दा नेपाली विद्यार्थीको संख्या ५४ प्रतिशतले बढेको बताइएको छ । कोलम्बियाका २९ प्रतिशत, ब्राजिलका २७ प्रतिशत, भारतका १७ प्रतिशत र चीनका १६ प्रतिशत विद्यार्थी बढेका छन् ।

विद्यार्थीको संख्यामा वृद्धि भए संगै अन्तर्राष्ट्रिय विद्यार्थी बजार पनि २०१६ पछि २२ प्रतिशतले बढेको छ । बजार मूल्य बढेर अहिले ३२.२ बिलियन डलर पुगेको छ।

विद्यार्थीको संख्या बढेसंगै कामको क्षेत्रमा विद्यार्थीमाथि हुने शोषण बढ्न सक्ने हुँदा त्यसतर्फ अब ध्यान दिइनुपर्ने विभिन्न संघ संस्थाहरुले प्रतिक्रिया दिएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments