काठमाडौं । नेपाल–चीनबीचको सम्बन्धमा सुधार र आगामी सहयोगका बिषयमा छलफल गर्न पाँचदिने चीन भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार समकक्षी वाङ वीसँग भेटवार्ता गर्नुभएको छ ।

आइतबार चीन प्रस्थान गर्नुभएका ज्ञवाली दक्षिण चीनको ग्वान्झाओ हुँदै मंगलबार बेइजिङ पुग्नु भएको हो। उहाँले बुधबार उपराष्ट्रपति वाङ क्वीसान र समकक्षी वाङ वीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

उपराष्ट्रपति वाङसँग भेटवार्ता गर्न मन्त्री ज्ञवाली बुधबार बिहान आफू बसेको दियोथाई स्टेट गेष्ट हाउसबाट सरकारी निवास चोङनानहाई जानु भएको छ ।

त्यसलगत्तै मन्त्री ज्ञवालीले स्टेट गेष्ट हाउसमा समकक्षी वाङ वीसँग भेटवार्ता गर्नेछन् । यी भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

भेटवार्तामा नेपाल–चीन सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच गत वर्ष भएको बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना सहमतिलाई कार्यान्वयन गर्ने विषयमा चिनियाँ नेताहरुसँग छलफल गर्ने मन्त्री ज्ञवालीले जानकारी दिनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments