काठमाडौं । सिराहाको कल्याणपुरमा रहेको रामदुलारी माविमा डाेम समुदायकी बालिका भर्ना गर्न प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिरहा जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली बुधबार ९ः३० मा सिराहा जानुहुने भएको छ ।

५ वर्षकी मनिषाकुमारी मल्लिक डोमलाई उहाँले स्कुल भर्ना गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार देशभरमै कम साक्षरता रहेको डोम समुदायका बालबालिकालाई पढ्न पठाउने अभियान अनुसार प्रधानमन्त्री आफैं स्कुल पुगेर बालिकालाई भर्ना गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार यसअघि मुगकी एक बालिकालाई स्कुल भर्ना गरिसक्नुभएको छ । मुगुम कार्मारोंग गाउँपालिकाकी ६ वर्षीया थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले १ गते स्कुल भर्ना गरिदिनुभएको हो ।

प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपील गर्नुभएको छ । यसअनुसार मन्त्री, सांसद तथा कलाकारले देशका बिभिन्न ठाउँका बालबालिकालाई स्कुल भर्ना गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments