काठमाडौं । कालो हरीण शिकार काण्डमा ५ वर्षको जेल सजायको फैसला पश्चात सलमान खान धरौटीमा छुटेका थिए तर अदालतले अर्काे सुनुवाई अगाडी विदेश जान रोक लगाएको थियो ।

ताजा अपडेटका अनुसार जोधपुर अदालतले सलमानलाई विदेश यात्राको अनुमति दिएको छ । उनले विदेश यात्राका लागि याचना पत्र अदालतमा पेश गरेका थिए, जस उपर मंगलबार उनको पक्षमा सुनुवाई भएको छ । अब उनले मे २५ देखि जुलाई १० सम्म क्यानाडा, नेपाल र अमेरीकाको यात्रा गर्नेछन् ।

अदालतको अनुमति पछि रेस-३, भारत, किक-२ र दबंगको विदेशमा सुटिङ्ग गर्न पाउनेछन् । रेस-३ को मुम्बईको सुटिङ्गपछि साउथ अफ्रिकामा सुटिङ्ग हुने सुचना प्राप्त पनि भएको छ । रेस-३ को सुटिङ्ग विदेशमा गर्न नपाएपछि उक्त फिल्मको सुटिङ्ग मुम्बईमा भएको थियो । रेस-३ पछि निर्देशक अलि अब्बास जफरको फिल्म भारत खेल्नेछन् ।

निर्देशकका अनुसार उक्त फिल्मको निर्माणको तयारी द्रुतगतिमा भइरहको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments