एजेन्सी । मोटोपन अहिलेको जीवनशैलीमा धेरैको लागि समस्याको विषय बनेको छ । शरीर तन्दुरुस्त राख्न चाहँदा चाहँदै पनि शरीर बढिरहेको नै हुन्छ । यहाँ आधुनिक जीवनशैलीका त्यस्ता बानीहरु उल्लेख गरिएको छ, जसले मोटोपन बढाइरहेका छन् । विभिन्न अनुसन्धानहरुका अनुसार, यी बानीमा नियन्त्रण गर्न सक्ने व्यक्तिले आफ्नो मोटोपनमा पनि नियन्त्रण गर्न सक्छ ।

१. छिटो-छिटो खान खानु ।
२. घरको खानाभन्दा बाहिर बनेको खाना मन पराउनु ।
३. बसेर गर्नुपर्ने काम धेरै समयसम्म गर्नु ।
४. बिहान छिटो नउठ्नु र हिंड्न नखोज्नु ।
५. पर्व वा केही विशेष दिन मनाउँदा, खानालाई प्राथमिकता दिनु ।
६. प्याकेजमा खान अर्डर गर्नु ।
७. काम गर्दै खाँदै गर्ने बानी ।
८. सुत्नुपर्ने समयमा राम्रोसंग नसुत्नु।
९. अफिसको कामको धेरै चिन्ता लिनु ।
१०. चिया वा कफीमा धेरै गुलियो खानु ।
११. क्रिम भएका सुप, बिस्कुट वा अन्य परिकार खानु ।
१२. खाली बस्दा चिप्स खाने बानी गर्नु ।
१३. भर्याङ्गबाट नउक्लेर लिफ्ट खोज्नतिर लाग्नु ।
१४. टि.भी हेर्दा खाना सम्बन्धि कार्यक्रमहरु धेरै हेर्नु, जसले गर्दा खानाको लागि तीव्र इच्छा जाग्छ ।
१५, टि.भी हेर्न मन पराउनु र धेरै बेरसम्म टि.भी हेरेर बस्नु ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments