विराटनगर । विराटनगर महानगरपालिका १३ स्थित भारतीय दुतावासको सम्पर्क कार्यालय बाहिर सोमबार राती बम विष्फोट भएको छ ।

सोमबार राती ८ बजेर १५ मिनेट जाँदा बम बिष्फोट भएको जिल्ला प्रहरी कार्याल मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिनुभयो । कार्यालय अगाडिको चौरमा बम विष्फोट हुँदा एम्बेसीको सम्पर्क कार्यालयको पर्खालमा क्षति पूगेको एसपी बिसीले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाले बताउनुभयो । क्याम्पको खाली जग्गामा तर्साउने गरि गराईएको बिस्फोट भनिएपनि प्रेसरकुकर बम रहेको प्रहरीले आशंका गरेको छ ।

रातको समय भएको कारण अनुसन्धान र घटनास्थलमा केही प्रमाण फेला पार्न नसकेको प्रहरीको भनाइ छ । घटनामा विप्लव माओवादीले गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments