काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले देशमा अधिनायकवाद सुरु गरेको आरोप लगाएका छन्।

सरकारले मनोमानी ढंगले काम गरिरहेको बताउँदै प्रतिपक्ष दलसँग कुनै छलफल नगरेको उल्लेख गरेका छन्।
नेपाल तरुण दलको आयोजनामा हेटौंडामा सुरु प्रदेश ३ स्तरीय प्रशिक्षण भेलाको सोमबार उद्घाटन गर्दै देउवाले भने,‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। कम्युनिस्ट अधिनायकवाद सुरु भइसक्यो, मनोमानी बढ्यो।’ आजको नयाँ पत्रिकामा छापिएको छ।

देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको र उनी कहिल्यै राष्ट्रवादी बन्न नसक्ने टिप्पणी गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेको देउवाले हिमाल, पहाड र मधेशलाई मिलाउन नसक्ने नेता राष्ट्रवादी हुनै नसक्ने बताए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments