मेलबर्न । अष्ट्रेलियामा आमा बुवा ल्याउन चाहनेले अब १ लाख डलर भन्दा बढी कमाइ गर्नुपर्ने भएको छ । सरकारले आमाबुवा ल्याउन चाहनेहरुको लागि कमाइको थ्रेसहोल्ड बढाउने प्रक्रिया अगाडी बढाएको हो ।

आमा बुवाको स्पोन्सर भिसाको लागि यसअघि एक जोडीले ४५ हजार १ सय ८५ डलर वार्षिक कमाइ गर्ने गरेको हुनुपर्ने नियम थियो । तर अब भने यसलाई बढाएर १ लाख १५ हजार ४ सय ७५ डलर बनाउने प्रस्ताव गरिएको छ । एक्लो व्यक्तिको लागि भने यो थ्रेसहोल्ड ८६ हजार ६ सय ६ डलर रहनेछ ।

यो स्किम अष्ट्रेलियामा बसेर आमा बुवालाई स्पोन्सर गर्न चाहनेहरुलाई आर्थिक भार र चिन्ता नपरोस् , उनीहरुले सजिलो गरि आफू र आमा बुवालाई यहाँको जीवनशैलीमा हिडाउन सकुन् भन्ने उद्देश्यले ल्याइएको बताइएको छ ।

बुवा आमाको स्पोन्सर भिसा सम्बन्धि यस अघि प्रस्ताव भएको ३ वर्षे, ५ वर्षे र १० वर्षे भिसा नियम संसदबाट पारित हुन बाँकी नै छ ।

स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments