दाङ । वडा अध्यक्षसँग चन्दा माग्न गएका नकपाका नेत्र बिक्रम चन्द विप्लवको नेकपाका दुई नेतालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

दंगिशरण गाउँपालिका ६ का वडा अध्यक्ष टंक वलीको घरमा चन्दा माग्न गएको सूचनाका आधारमा सोमबार बिहान नेकपाका जिल्ला सचिवालय सदस्य ईश्वरी पाण्डे र विकास वलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय तुलसीपुरका डीएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले वडा अध्यक्ष वलीसँग २५ हजार रुपैंया चन्दा मागेका थिए ।

पक्राउ परेका पाण्डे र वलीलाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ । उनीहरुले वडा अध्यक्ष वलीको घरबाट ५ हजार रुपैंया यसअघि नै लगिसकेको र थप २० हजार रुपैंया माग्न गएका बेला पक्राउ गरिएको दाङ प्रहरीका निमित्त प्रमुख डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

डीएसपी घर्तीका अनुसार पक्राउ परेकाहरुले वडा अध्यक्षलाई चन्दा नदिए राम्रो नहुने धम्की समेत दिएका थिए । पक्राउ परेका दुवै जनालाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता चलाइने प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments