सरकारले यसवर्षको दशैं तिहारमा खाद्यान्नको अभाव नहुने बताएको छ ।

सबै जिल्लामा खाद्यान्न पुगिसेकेको र पर्याप्त रहेकाले अभाव नहुने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । केही जिल्लामा खाद्यान्न अभाव भएको गुनासा आएकाले ती जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग जानकारी मागेर समस्या समाधानको प्रयास भैरहेको मन्त्रालयले जनाएको छ ।

जिल्लाका खाद्य डिपोले खाद्यान्न पर्याप्त भएको बताएपनि स्थानीयबासिन्दाले अभाव भएको गुनासो गरेपछि सरकारले प्रमुख जिल्ला अधिकारीसंग जानकारी माग्न लागेको हो ।

Comments

comments