मेलबर्न। अष्ट्रेलियामा स्व. नेता खुमबहादुर खड्काको तेह्रौं पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । स्थानीय एस्फिल्ड पार्कमा आयोजित सो श्रद्धाञ्जली सभा नेपाली काँग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना गरेको हो ।

जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ्ग तेन्जी शेर्पाको सभापतित्वमा संचालित सो कार्यक्रमका वक्ताहरुले स्वर्गिय खड्काले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रममा लेखक तथा पत्रकार डिल्ली ढकालले काँग्रेसी कार्यकतहरु माझ स्वर्गिय खड्काको लोकप्रियता नै स्वर्गिय खड्कालाई अभिशाप भएको बताउनुभएको थियो । उहाँले खड्कालाई सिध्याउन लाग्नेहरु नै अन्तिम अवस्थामा उनको शरणमा पुगेको उदाहरण, राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइरालाको कोपभजनमा उनको राजनीति समाप्त पार्ने र तेजोवोध गर्ने कार्य भएको समेत बताउनुभयो ।

यसैगरि, कार्यक्रमका अर्का वक्ता नेपाली काँग्रेसका महासमिति सदस्य कञ्चन पोख्रेलले स्वर्गिय खड्कको विपि कोइरालासंग
विचार मेल खाने भएका कारणले गर्दा नै विपि राष्ट्रिय मेलमिलापको नीति लिइ स्वदेश फर्कदा उहाँलाई साथमा ल्याउनुभएको थियो भनि चर्चा गर्नु भएको थियो । कार्यक्रममा पत्रकार सुजित सिग्देलले स्वर्गिय खड्काको जुझारुपन र कार्यकर्ता विच भिज्न सक्ने वानीको चर्चा गर्नु भएको थियो।

यसैगरि, संघिय समाजवादी पार्टीका गणेश तामाङ्गले स्वर्गिय खड्काको वहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा गैर–नेपाली आवासिय संघ अष्ट्रेलियाका निर्वतमान अध्यक्ष सुरेन्द्र सिग्देलले खड्काको असमायिक निधनले नेपाली काँग्रेसमा मात्र अपुरणीय क्षति भएको नभइ सिङ्गो राष्ट्रले एउटा स्पष्ट जुझारु नेता गुमाएको बताउनु भएको थियो ।

नेपाली काँग्रेसका महासमिति सदस्य विश्वामित्र खनालले संचालन गर्नु भएको सो शोकसभामा कार्यक्रमका सभापति छिरिङ्ग तेन्जी शेर्पाले नेपाली काँग्रेसले एउटा एक्सन ओरिएन्टेड तथा विचारका प्रर्वतक गुमाउनुका साथै उनलाई जिवित छँदा पार्टी तथा बाहिरबाटै रोक्ने कामले नेपालमा प्रजातन्त्र कमजोर भएको वताउनु भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments