काठमाडौं । थाइराइड रोग, थाइराइड ग्रन्थीमा देखिने रोग हो। थाइराइड ग्रन्थी घाँटीको अघिल्लो भागमा हुने गर्छ। पछिल्लो समय थाइराइड अत्यधिक मानिसमा देखिने गरेको छ।

थाइराइड रोग पुरुषको तुलनामा महिलामा बढी देखिने गर्छ। विभिन्न अध्ययनका अनुसार हरेक ८ महिला मध्ये १ महिलामा यो रोग देखिने गर्छ। यस रोगले विभिन्न अरु स्वास्थ्य समस्या देखिनुका साथै महिनावारीमा पनि असर गर्छ।

थाइराइडका लक्षणहरु के-के हुन् ?

एक्कासी एकदमै मोटाउनु थाल्नु , थाइराइडको लक्षण हुनसक्छ। किनभने थाइराइड हुँदा, खाएको खानेकुरा शक्तिमा रुपान्तरित हुँदैन र बोसोको रुपमा जम्मा हुन थाल्छ।

खानेकुरा शक्तिमा रुपान्तरण नहुनाले, शरीर एकदमै थाक्न थाल्छ। जोर्नीहरुमा समस्या पनि देखिन थाल्छ।

नङमा सेतो धर्काहरु देखिने, आँखामा समस्या आउने , अत्यधिक कपाल झर्ने हुन्छ।

आवाज पहिले भन्दा मोटो हुन थाल्छ।

यौन सम्बन्धमा अरुची जाग्छ । महिनावारीमा गडबडी हुन्छ।

रोग प्रतिधात्मक क्षमता कम हुने हुँदा, छिट्टै अरु बिमारीले संक्रमण गर्न सक्छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments