काठमाडौं । आपसी समझदारीमा फोन मार्फत् काठमाडौंको टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा हत्या गरिएकी २२ वर्षीय युवती यौनकर्मी भएको प्रहरीले अनुसन्धानमा पत्ता लगाएको छ ।

रातिसँगै होटेलमा बसेका युवकलाई सम्पर्क गर्न नदिएपछि उनको हत्या भएको खुलेको हो । हत्यामा संलग्न सल्यानको शारदा नगरपालिका–१ का २२ वर्षीय गोपाल शर्मालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कञ्चनपुरको भारतीय सीमावर्ती क्षेत्रमा लुकेर बसेको अवस्था पक्राउ गरेको थियो ।

प्रहरीसँग बयान दिने क्रममा उनले युवतीले सहमति अनुसार सम्पर्क गर्न नदिइ गाली गलौज गरेपछि हत्या गर्नु परेको बताएका छन् । ‘राति रक्सी खाएर लठ्ठ भएर निवस्त्र भए पनि सहमति अनुसार सम्पर्क गर्न नदिएको शर्माको भनाइ छ ।

तँलाई पनि लुट्ने हो । तेरो आमा, दिदी बहिनीहरुसँग सम्पर्क गर भनेर भनेपछि आवेशमा केटीलाई घाँटी र दुवै खुट्टामा बाँधेर होटलबाट भागेको उनले बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments