काठमाडौं । आफूले पढ्न चाहेको किताब किन्नको लागि पसल पसल चहार्नुपर्ने समस्याको अब अन्त्य हुनेभएको छ । व्यस्त जीवनशैलीमा किताब किन्नको लागि समय छुट्टाउनुपर्ने र आफूले पढ्न चाहेको किताब बजार नपाइने समस्याबाट अब पाठकहरुले छुटकारा पाउनेछन् ।

नेपाली नयाँ पुस्ता प्रविधि र विश्वव्यापीकरणसंग अपडेट छ । त्यसैले सिमित स्रोत र साधनका बावजुद पनि नेपाली युवाहरुले बजारमा विभिन्न नयाँ-नयाँ अवधारणा ल्याइरहेका छन् । यस्तै नयाँ अवधारणा हो ‘किताब यात्रा’ ।

Image may contain: 8 people

सिर्जनशील युवाहरुको एक समूहले सुरु गरेको किताब यात्राले पाठकहरुको घर-घरमै किताब पुर्याउने सेवा सुरु गरेको छ। पाठकहरुले किताब यात्राको फेसबुक र वेबसाइट मार्फत आफूलाई आवश्यक परेको किताबको माग गर्न सक्नेछन् र किताब यात्राले पाठकको घरसम्मै उक्त किताब पुर्याइदिनेछ।

No automatic alt text available.

यो सेवा देशव्यापी रुपमा संचालन हुने किताब यात्राका अध्यक्ष ऋषि अधिकारि बताउँछन् । उनका अनुसार, यस संस्थाले कर्पोरेट हाउस, बैंकिङ, हस्पिटल, स्कुल, कलेज, क्याफे, रेस्टुरेन्ट, संचारगृहलगायतमा व्यवस्थित लाइब्रेरि संचालन गर्नेछ । कथा संग्रह निकाल्ने तयारि गरेको किताब यात्राले, लेख्न इच्छुक व्यक्तिहरुबाट कथाहरु संकलन कार्य पनि थालनी गरेको छ।

Image may contain: 2 people, indoor

गत बिहिबार एक कार्यक्रमको आयोजना गरि किताब यात्रा औपचारिक रुपमा सुरु गरिएको हो । कार्यक्रममा अतिथि बुद्धिसागर, नयन राज पाण्डे, ब्रजेश खनाल र सगुना शाह लगायतले किताब यात्रालाई शुभकामना दिएका थिए ।

Image may contain: 4 people, people sitting and indoor

संस्थाका अध्यक्ष ऋषि अधिकारिका बुवा सामजिक सेवामा रमाउँथे र गाउँमा स्कुल संचालन गर्नको लागि अगुवाई गर्थे । सानैदेखि आफ्ना बुवाको त्यो शिक्षा प्रतिको प्रेम र केही गर्नुपर्छ भन्ने भावनाले प्रभावित भएको हुँदा किताब यात्राको सपना देखेको अधिकारि बताउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments