दक्षिण कोरियामा जारी १७ औं एशियाली खेलकुदको पाँचौ दिन आज ११ खेलका ३८ स्वर्ण पदकको छिनोफानो हुँदैछ ।

नेपालले आज महिला क्रिकेटतर्फ क्वाटरफाईनलमा बंगलादेशको सामना गर्दैछ ।
नेपालले प्रतियोगितामा समुह चरणका दुई मध्ये एक खेलमा जीत र एकमा हार वेहोरेको थियो । पहिलो खेलमा थाईल्याण्डसँग हारेको नेपालले दोस्रो खेलमा मलेसियालाई हराएपछि क्वाटरफाईनलमा स्थान बनाएको थियो ।

Comments