मेलबर्न । नेपाली नयाँ वर्षको उमङ्ग नेपालमा बस्ने नेपालीहरु मात्र नभएर विदेशमा बस्ने नेपालीहरुमा पनि छाइरहेको छ । अंग्रेजी नयाँ वर्षलाई विदेशमा बस्ने नेपालीहरुले धुमधामका साथ मनाउने गरेता पनि नेपाली नयाँ वर्ष संगै आउने अपनत्व र देशको सम्झना छुट्टै किसिमको हुने गर्छ ।

अष्ट्रेलियामा बस्ने नेपालीहरुको उमङ्गलाई अष्ट्रेलियाको प्रमुख विपक्षी दलका नेताको शुभकामनाले अझ बढाइदिएको छ । लेबर पार्टीका प्रमुख बिल सटनले नेपालीहरुलाई शुभकामना दिएका हुन् ।

उनले नेपालीहरुलाई शुभकामना दिंदै बहुसांस्कृतिक समाज आधुनिक अष्ट्रेलियाको गौरव भएको बताएका छन् । उनले हरेक संस्कृति र परिवेशबाट आएका मानिसहरुले एक अर्कालाई सम्मान गर्नुपर्ने र सबैका चाडपर्वलाई खुशीयालीका साथ मनाउनु पर्ने बताएका छन् । उनले नयाँ वर्षको अवसरमा शान्ति, सु-स्वास्थ्य र प्रगतिको समेत कामना गरेका छन् । तस्बिर स्रोत

Image may contain: text

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments