काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा समातिएका अभियुक्त प्रेमराज चौधरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।

महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाको राजापुर नगरपालिका–७ का चौधरीले बिहान ५ बजे आत्महत्या गरेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनी नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत थिए ।घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको छ भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments