सिड्नी । सिड्नीमा छिमेकीले राती चर्को म्युजिक बजाउने र झ्याल खुल्लै राखेर यौनजन्य कार्य गर्ने गरेपछि एक युवकले आजित बनेर ती छिमेकीको नाममा पत्र लेखेका छन् ।

सिड्नीको बोंडीमा बस्ने ती युवकले आफ्नो नाम नखुलाउने सर्तमा स्थानिय मिडियासंग कुरा गरेका छन् । उनले छिमेकीले हरेक सप्ताहको सोमबार र मंगलबार राती बाह्र बजेपछि पनि चर्को म्युजिक बजाएर सबैलाई डिस्टर्ब गर्ने गरेको बताएका छन् । उनका अनुसार, एक राती उनले म्युजिक कम गर्न अनुरोध गर्नको लागि त्यो घरपट्टि हेर्दा घरको झ्याल खुल्लै थियो । झ्याल निर एक युवा कपडा नलगाई उभिएका थिए र उनले हस्तमैथुन गरिरहेका थिए।

पत्र लेख्ने युवकले पुलिसलाई भन्नुभन्दा उनीहरुलाई छिमेकीहरुको तर्फबाट पत्र लेखेर गल्तीको महसुस गराउने निधो गरे । उनले पत्रमा उनीहरुको हर्कतले छिमेकीहरुलाई गाह्रो भएको भन्दै हेडफोन र बाक्लो पर्दा किन्न सुझाव दिएका छन् । यस्तो छ पत्र :


तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments