नयाँदिल्ली । भारतको उत्तर प्रदेश राज्यमा वर्षा सहित तिब्र गतिमा आएको हावाहुरीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । मृतकमध्ये ५ बालबालिका छन् । अधिकारीले बाढी तथा हावाहुरीका कारण हजारौं मानिस प्रभावित भएको जनाएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउ, मथुरा, बिज्नोर तथा राजस्थानका विभिन्न स्थानमा वर्षासँगै आएको तीव्र हावाहुरीका कारण मृत्यु भएको हो । सरकारी अधिकारीका अनुसार प्रतिघण्टा १३० किलोमिटरको गतिमा चलेको हुरीका कारण आग्रास्थित विश्वको एक आश्चर्य ताजमहलमा समेत क्षति पुगको छ । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार हुरीका कारण ताजमहलका दुईवटा मिनार भाचिएका छन् । विश्वकै चर्चित पर्यटकीय गन्तब्य ताजमहलमा दैनिक करब १२ हजार मानिसहरु पुग्ने गर्छन् ।

हावाहुरीले भुईतलामा रहेका पुष्पपात्र तथा पर्खालमा समेत सामान्य क्षति भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । अधिकारीहरुले भाँचिएका १२ फिट अग्ला मिनारलाई पुन जोडिने बताएका छन् । यसअघि सन् २०१६ मा पनि ताजमहलको एक मिनार भाचिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments