मेलबर्न । नेपालीहरु अष्ट्रेलिया, अमेरिका जस्ता देशहरुमा जान लालायित छन् । यही कुराको फाइदा उठाउँदै विभिन्न ठगी गीरोहहरु अहिले सक्रिय भएका छन् ।

ती ठगी गिरोहहरुले अष्ट्रेलियामा आकर्षक रोजगारको अवसर रहेको भन्दै भ्रामक समाचार फैलाएर ठगी गर्ने गरेका छन् । बढ्दै गरेको यस्ता ठगीका घटनाबाट नेपालीहरुलाई सतर्क रहन अनुरोध गर्दै अष्ट्रेलिया स्थित नेपाली दुतावासले विज्ञप्ति जारी गरेको छ ।

उक्त विज्ञप्तिमा नेपाली कामदार अष्ट्रेलिया लैजानको लागि दुई देशबीच कुनै सम्झौता नभएकोले भ्रममा नपर्न सबैलाई आग्रह गरिएको छ । याको साथै अष्ट्रेलिया पढ्न आउन चाहने विद्यार्थीहरुले समेत अष्ट्रेलिया आउनुभन्दा पहिले अध्ययन गर्न चाहेको शैक्षिक संस्था, आवास एवंम सामाजिक र आर्थिक वातावरणको सम्बन्धमा जानकारी लिएर मात्रै आउन अनुरोध गरिएको छ ।

 

Comments

comments