मेलबर्न। मानिस जहाँसुकै पुगोस् उसले आफ्नी माता र आफ्नो मातृभूमीलाई बिर्सन सक्दैन । आमाको मुख हेर्ने दिन नजिकिदै गर्दा आमा र देशको यादले झनै सताउने गर्छ । तर, अष्ट्रेलियामा भएका नेपालीलाई भने टाढा नै रहेर भएतापनि आमाको मुख हेर्ने दिनलाई विशेष बनाउने अवसर मिलेको छ।

यस वर्ष वैशाख ३ अर्थात अप्रिल १६ मा आमाको मुख हेर्ने दिन परेको छ । आमाको मुख हेर्ने दिनको लागि अनलाइन सेवा मार्फत नै अष्ट्रेलियाबाट नेपालमा रहनुभएकी आफ्नी आमालाई केक तथा उपहार पठाउन पाउँदा अहिले अष्ट्रेलियामा रहने धेरै नेपालीलाई खुशी मिलेको छ ।

‘विदेशमै बसेर आमालाई के के पठाउने भन्ने आफैंले निर्णय गर्न पाइनेरहेछ । त्यसमाथि नेपालका विभिन्न शहरमा निशुल्क डेलिभरीको व्यवस्था समेत रहेछ । केक टु नेपालको आइडिया र सेवा दुवै मेरालागि नयाँ अनुभव गर्न लायक लाग्यो’, आमालाई केक तथा उपहार पठाउने तयारी गरेका नेपाली विद्यार्थी किशोरले हिमालयन कङ्गारुलाई भने ।

‘आमाको मुख हेर्ने दिन नै मैले रोजेको उपहार आमालाई पुर्याइदिनु भनेको छु । आमाको आश्चर्य र माया मिश्रित प्रतिक्रियाको त्यो स्वर्णिम पलको प्रतीक्षामा छु,’ उनले थपे ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको लागि आमासँगको दुरी केही हदसम्म भएपनि घटाउनको लागि ‘केक टु नेपाल’ ले एउटा माध्यम बन्ने प्रयास गरेको छ। केक टु नेपालबाट अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहनुभएकी आफ्नी आमालाई केक तथा उपहार पठाउन सक्छन्।

आमाको मुख हेर्ने विशेष दिनको लागि विशेष अफर बुझ्न वा अर्डर गर्न +61-0452549850 मा सम्पर्क गर्न सकिन्छ । उपहार अर्डर गर्नको लागि यहाँ क्लिक  गर्नुहोस्।

Comments

comments