इग्ल्याण्डमा गएराती भएको एउटा फुटबल म्याचमा अनौठो किर्तिमान बनेको छ ।

इंग्लिश क्लवहरु लिभरपुल र मिडिल्सब्रोविचको खेल निर्धारीत समयमा २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी शुट आउटमा पुग्यो । पेनाल्टी शुट आउटमा पनि खेलको नतिजा हात पार्न ३० औं प्रहारसम्म पुग्नु परेपछि विश्व फुटबलमा दुर्लभ खेल देख्न पाईयो । पेनाल्टी शुट आउटमा लिभरपुल १३ को विरुद्ध १४ गोलले विजयी भयो । खेलमा कुल ३० वटा पेनाल्टी प्रहार भएका थिए । निर्धारीत ५ मध्ये दुवै टोलीले ४–४ गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो ।

दुबै क्लवका सबै ११ ११ जना खेलाडीले पेनाल्टी प्रहार गरीसक्दा पनि खेल निर्णायक भएन । यसपछि फेरी तीनैं खेलाडीहरुले दोर्होयाएर पेनाल्टी हान्ने अवसर पाए । दोहोरो राउण्डको पेनाल्टीको तेस्रो प्रहारमा लिभरपुलका सुसोले गोल गर्दै टोलीको जीतको आधार तयार पारेका हुन् ।

यस्तै क्रिष्टियानो रोनाल्डोको चार गोलको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगामा इल्चेविरुद्ध सहज जित हात पारेको छ । गए राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ५– १ गोल अन्तले पराजित गरेको हो ।

Comments