एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ । रियलले युभेन्टसमाथि रोमाञ्चक जित निकाल्दै सेमीफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

उत्कृष्ट प्रदर्शन गरेको युभेन्टसले अग्रता बनाइसकेको थियो । तर अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत रियलले अन्तिम चारमा स्थान बनायो ।

अन्तिम मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए । रोनाल्डोले युभेन्टसविरुद्ध च्याम्पियन्स लिगमा १० औं गोल गर्न सफल भए ।

पहिलो लेगमा ३–० ले विजयी भएको रियल घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–१ ले पराजित भएपछि समग्रमा चार तीन गोल अन्तरले सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments