काठमाडौ । प्रहरी नायव महानिरीक्षक(डिआईजी) रमेश खरेलले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । खरेलले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् ।

भलिबल खेलाडीको रुपमा २९ वर्षअघि प्रहरी सेवामा छिरेका खरेल प्रहरी महानिरीक्षक(आईजीपी) बन्ने कसरतमा थिए । तर सरकारले डिआईजी सर्वेन्द्र खनाललाई आईजीपी बनाउने निर्णय गरेपछि उनको आईजीपी बन्ने सपना र योजना तुहिएको हो ।

मंगलबारु भएको मन्त्रिपषिद् बैठकले खनाललाई आईजीपी बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भए लगत्तै खरेलले प्रहरी सेवाबाट बुधबारदेखि बाहिरिने प्रतिक्रिया दिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments