मेलबर्न । नेपाली कला क्षेत्रमा वरिष्ठ कलाकारको रुपमा परिचित मदन कृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदी श्रेष्ठको गत हप्ता निधन भयो । उनलाई केही वर्षदेखि क्यान्सर रोगले समातेका कारण निधन भएको हो ।

मदनकृष्ण श्रेष्ठका छोरा छोरी दुवै अमेरिका बस्थे । श्रीमतीलाई प्राणघातक रोग लागेको थाहा पाएपछि अमेरिकामा रहेका छोरालाई उनले भने , ” तँलाई अमेरिका ठूलो कि, आमा ठूलो ?’ । बुवाको यो कुराले मन छोएपछि १२ वर्ष देखि अमेरिका बस्दै आएका यमनले श्रीमती, उतै जन्मिएकी छोरीलाई लिएर नेपाल आएका थिए । अमेरिकामा एम.बि.ए गरेका उनले नेपाल आएपछि कलाकारितामा नै लाग्ने सुर गरे र आमाको सक्दो हेरविचार गरिरहे ।

आमाको निधन भएको केही दिनपछि उनले फेसबुकमा आमाको नाममा एउटा भावुक कविता लेखेका छन् :

14 hrs ·

 “आमा तिम्रो सम्झनामा ”

एकै अक्षर लेख्दा पनि तिम्रो बारेमा
बन्छ मिठो कबिता , बन्छ मिठो गीत ।
एकै पल बस्दा पनि तिम्रो साथमा 
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।।

***********************************

कत्रो ठुलो मन तिम्रो, मेरै मात्र सोच्ने
मेरो स्यानै चोटमा पनि तिम्रो हृदय घोच्ने
बिहान दिउसो बेलुका दिन रात उठ्दै बस्दै
भगवान पनि सोच्दै होलान् , को हुन् यी म जस्तै ।।

एकै झल्को कल्पे पनि तिम्रो बारेमा
हार आफु लिन्छौ, दिन्छौ मलाई जीत
एकै पल बस्दा पनि तिम्रो साथमा
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।।

**********************************

अर्को जुनी तिमी मेरै, आमा भईदिनु है
त्यो बेलां अहिले जस्तो, छोडी नगईदिनु है
यो मनको मन्दिरमा तिम्रो, फोटो सजाउछु
तिम्रै भजन गाउछु तिम्रै, धून बजाउछु ।।

एक पल्ट फेरी ढल्कन पाए, तिम्रो काखमा
सुन्थें तिम्रो लोरी अनि, आउथ्यो मिठो निंद
एकै पल बस्दा पनि, तिम्रो साथमा
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।। तस्बिर : यमन श्रेष्ठको फेसबुक वालबाट

आमाको मुख हेर्ने दिनको अवसरमा अष्ट्रेलियाबाट नेपालमा रहनुभएकी आफ्नी आमालाई केक तथा उपहार पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

 

Comments

comments