मेलबर्न । केही दिन देखि अष्ट्रेलियाली सांसद पौलिन ह्यान्सन संचार माध्यमहरुमा छाइरहेकी छिन् । अष्ट्रेलिया आएका विदेशी विद्यार्थीलाई काम गर्न दिनु हुन्न भन्ने अभिव्यक्ति दिएपछि उनी चर्चामा आएकी हुन् ।

पौलिन ह्यान्सनले भनेकी छिन् , ” विदेशी विद्यार्थीहरुलाई यहाँ काम गर्न दिनाले अष्ट्रेलियाका स्थानिय युवाहरुको रोजगारी खोसिएको छ। अष्ट्रेलिया आउने विद्यार्थीहरु विद्यार्थी भिसामा आउँछन्, कामदार भिसामा होइन। जो व्यक्ति जुन उद्देश्यको भिसामा आएको हुन्छ , उसले त्यही मात्र गर्नुपर्छ। विदेशी विद्यार्थीले पढ्न आउने बाहनामा यहाँ काम गरेर कमाइरहेका छन् । उनीहरुले यहाँ पढ्नको लागि कमाइ नगरेर आफूहरुले आफ्नै ठाउँबाट ल्याएको पैसा लगानी गर्नुपर्छ ” ।

एसबिएस न्युजले सांसद ह्यान्सनको यसै कुरालाई लिएर अष्ट्रेलियामा रहेका विदेशी विद्यार्थीहरुको संगठन, काउन्सिल फर इन्टरनेशनल एजुकेसन अष्ट्रेलियाका केन्द्रीय अध्यक्ष, नेपाली विद्यार्थी विजय सापकोटासंगको कुराकानी प्रकाशन गरेको छ । उक्त कुराकानीमा विजय सापकोटाले सांसद ह्यान्सनले दिएको उक्त राय, अष्ट्रेलियाकै हीत विपरित रहेको बताएका छन् ।

उनका अनुसार, काम गर्न पाउने हुनाले नै विदेशी विद्यार्थीको संख्या बढेको हुँदा, काम गर्न नपाउने नियमले अष्ट्रेलियाको शिक्षा क्षेत्रमा भइरहेको लगानी घाटामा जान सक्छ। त्यस्तै, विदेशी विद्यार्थीले कमाइ गर्ने हुनाले नै उनीहरुले आफ्ना आमा-बुवा, आफन्तलाई यहाँ घुम्न लिएर आउँछन्, जसले गर्दा अष्ट्रेलियाको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुगेको छ । त्यस्तै, विद्यार्थीहरुका विभिन्न क्षमताले गर्दा व्यवसायिक क्षेत्र फस्टाईरहेको छ ।

सापकोटाका अनुसार, अष्ट्रेलियाको शिक्षामा सुधार्नुपर्ने आवश्यकता भने भएको छ। अष्ट्रेलियाको पढाई जागिर उन्मुख हुँदा, विदेशी विद्यार्थीहरु आफ्नो देशमा फर्किएर केही उद्धमशिल काम गर्ने बारे सोंच्न सकिरहेका छैनन्। त्यसैले अब त्यता तिर ध्यान दिनु जरुरी छ ।

तस्बिर

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments