मेलबर्न । काठमाडौं लाजिम्पाट घर भएका किशोर पौडेल अष्ट्रेलियाको मेलबर्नमा पढ्छन् । त्यसो त अष्ट्रेलियाको पढाइ र कामबाट उनी खुशी नै छन् । तर यसको वावजुद पनि उनलाई सधैं एउटा कुराको अभाव भने खट्किरहन्छ । त्यो हो आमाको माया । २१ वर्षको उमेरमा अष्ट्रेलिया आएका किशोरलाई शुरुका केही महिना त आमाको सम्झनाले खूब सताउँथ्यो । हुन त हरेक दिनजसो मेसेन्जर र भाइबरमा आमासँग कुरा हुन्छ तर त्यसले आमाको काखको झनै झल्को गराउने उनी बताउछन् ।

नेपालमा हुँदासम्म आमाको मुख हेर्ने दिन दिदीहरुकालागि मात्र महत्वपूर्ण हो भन्ने लाग्थ्यो उनलाई । किनभने विवाह गरेर गइसकेका दिदीहरु आमाको मुख हेर्ने दिन विभिन्न कोसेली र उपहार बोकेर माइत आउथे र दिनभरि आमासँग बिताउँथे । अहिले अष्ट्रेलिया आएपछि बल्ल किशोरलाई पनि यस दिनको महत्वबोध हुन थालेको छ ।

यस वर्ष वैशाख ३ अर्थात अप्रिल १६ मा आमाको मुख हेर्ने दिन परेको छ । तर यसपटक भने किशोरलाई गत वर्षको जत्ति व्यग्रता छैन । किनभने यसपटक उनले आफ्नी आमाकालागि केही उपहार पठाउने योजना बनाएका छन् । अनलाइन डेलिभरी सर्भिस प्रदायक केक टु नेपालले उनको योजनालाई साकार बनाउन सहयोग गरेको छ ।

‘विदेशमै बसेर आमालाई के के पठाउने भन्ने आफैंले निर्णय गर्न पाइनेरहेछ । त्यसमाथि नेपालका विभिन्न शहरमा निशुल्क डेलिभरीको व्यवस्था समेत रहेछ । केक टु नेपालको आइडिया र सेवा दुवै मेरालागि नयाँ अनुभव गर्न लायक लाग्यो’,किशोरले हिमालयन कङ्गारुलाई भने ।

‘आमाको मुख हेर्ने दिन नै मैले रोजेको उपहार आमालाई पुर्याइदिनुभनेको छु । आमाको आश्चर्य र माया मिश्रित प्रतिक्रियाको त्यो स्वर्णिम पलको प्रतीक्षामा छु,’ उनले थपे ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको लागि आमासँगको दुरी केही हदसम्म भएपनि घटाउनको लागि ‘केक टु नेपाल’ ले एउटा माध्यम बन्ने प्रयास गरेको छ।

केक टु नेपालबाट अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहनुभएकी आफ्नी आमालाई केक तथा उपहार पठाउन सक्छन्। केक टु नेपालले आमाको मुख हेर्ने दिनको लागि विशेष योजना स्वरुप तीन दिनको लागि विशेष छुटको समेत व्यवस्था गरेको छ ।

आमाको मुख हेर्ने विशेष दिनको लागि विशेष अफर बुझ्न वा अर्डर गर्न +61-0452549850 मा सम्पर्क गर्न सकिन्छ । उपहार अर्डर गर्नको लागि यहाँ क्लिक गर्नुहोस्।

Comments

comments