मेलबर्न । अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरुको लागि यहाँ विभिन्न कोर्सहरु उपलब्ध छन्। अष्ट्रेलिया विद्यार्थीहरुको लागि धेरै कोर्सहरु उपलब्ध भएको देश हो । यी कोर्स मध्येमा विद्यार्थीले आफ्नो लागि उपयुक्त कोर्स छनोट गर्दा केही कुराहरुमा विचार पुर्याउनुपर्ने हुन्छ ।

– आफ्नो रुचिबारे जानकार हुनुहोस् ।

– रुचिसंग मिल्दो कोर्स छनोट गर्न अनलाइनमा खोज्नुहोस् ।

– उक्त कोर्स पढिसकेपछिको करियरको अवसर बारेमा अध्ययन गर्नुहोस् ।

– उक्त कोर्सको मान्यता र रोजगारीको अवसर विश्वका कुन-कुन ठाउँमा छ जानकार हुनुहोस् ।

– त्यो कोर्स पूरा भैसकेपछि आफूले कुन पदमा रहेर काम गर्न सकिन्छ र त्यो पदमा रहनेले के काम गर्नुपर्छ भन्ने बुझ्नुहोस् ।

– अनलाइन पढ्ने वा युनिभर्सिटीमै गएर पढ्ने निर्णय गर्नुहोस् ।

– छनोटमा परेको कोर्स कुन- कुन युनिभर्सिटी वा कलेजमा पढाइन्छ भन्ने जानकारी लिनुहोस् ।

– कोर्सको शुल्क, युनिभर्सिटी वा कलेजको वातावरण, उक्त कोर्समा पाइने छात्रवृत्ति योजना सबै बुझ्नुहोस् ।

– आफ्नो रुचि, पढाइ शुल्क र करियरको बीचमा सन्तुलन देख्नुभयो भने उक्त कोर्स छनोट गर्नुहोस् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments